
वर्षौदेखि नारामा मात्र सीमित रहेको बक्सअफिस प्रणाली गएको साउन १ गतेबाट उपत्यकामा लागू भइसकेको छ । तर, प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । अझै निर्माताले आफ्नो फिल्मको व्यापारिक रिपोर्ट चुरोटमा खोलमा लिनु पर्ने अवस्था ज्यूँकात्यूँ छ । उपत्यकाभित्र लागू भएको ‘ई–टिकेटिङ सिस्टम’ कार्यान्वयन हुन नसकिरहेको अवस्थामा नेपाल सरकार यसै वर्ष मोफसलमा पनि बक्सअफिस लागू गर्ने तयारीमा छ ।

२०औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपाल हेटौंडा शाखाले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । मंगलवार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच संघले उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीसहित सम्मान गरेको हो ।

दर्शकलाई फिल्मप्रति आकर्षित गर्नका निमित्त फिल्ममेकर विभिन्न खालको प्रचार शैली अपनाउने गरेका छन् । आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर फिल्म आप्पाले पनि रिलिज काउन डाउन सुरु भएसँगै प्रचारको नयाँ योजना अगाडि सारेको छ । बाबु छोराको कथा वाचन गर्ने फिल्मले ‘आप्पा स्टोरी च्यालेन्ज’ घोषणा गरेको छ ।

चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । आफ्नो २०औं बार्षिक उत्सवको अवसरमा संघले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच नरेश भट्टराई र श्याम स्मृतलाई 'चलचित्र पत्रकार सम्मान २०७६' र कुवेर गिरी र शारदा थापालाई 'चलचित्र पत्रकारिता पुरस्कार २०७६' प्रदान गर्यो ।

गत वर्षको तुलनामा चालु वर्षमा नेपाली फिल्म निकै कम संख्यामा निर्माण हुने देखिएको छ । केही वर्षयता बैशाख र जेठमा सर्वाधिक फिल्मको छायांकन हुने गर्दथ्यो । गत वर्ष मात्र यो सिजनमा ३० बढी फिल्म फ्लोरमा थिए । अहिले आधा दर्जन पनि छैनन् । फिल्महरु लगातार असफल हुनु र कलाकार/प्राविधिक महँगिनुले फिल्म निर्माणमा ह्वात्तै ह्रास आएको फिल्मकर्मीहरुको भनाई छ ।

गएको शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ लाई दर्शक र समीक्षक दुबैले निकै रुचाएका छन् । सार्थक सिक्वेलको रुपमा ब्याख्या गरिएको फिल्मले अहिले बक्सअफिसमा पनि राम्रो पैसा छापिरहेको छ । विना विदाको दिन पनि फिल्म हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । फिल्मको सिंगलभन्दा मल्टीप्लेक्समा व्यापार राम्रो छ ।

