Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साहो’ को ८ मिनेटको एक्सन सिनमा ७० करोड खर्च

एजेन्सी, मुम्बई, 2019/07/16
 
‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ लामो  समयदेखि चर्चामा छ । फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ 'साइको सैयाँ' रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि मेकर्सले निर्धक्क पैसा खर्च गरेका छन् । 
 
हालै फिल्मको ८ मिनेट लामो एक्सन सिन खिचिएको छ, जसमा ७० करोड भारतीय रुपैयाँ खर्च भएको जानकारी प्राप्त छ । ‘साहो’ का छायाँकार मधिएले अबूधाबीमा खिचिएको ८ मिनेटको सिनमा निर्माताले ७० करोड खर्च गरेको बताए । उनले यो फिल्मले इतिहास रच्ने दाबी गरेका छन् । 
 
एक सिंगल सिक्वेन्सका लागि करोडौं खर्च गर्ने निकै कम मेकर्स हुन्छन् । ‘साहो’ को एक्सन सिनलाई केनी बेट्सले निर्देशन गरेका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो । फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पुलिसको भूमिकामा छिन् । फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । 
 
सुजिथ निर्देशित ‘साहो’ मा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि प्रमुख भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा पनि यो फिल्म रिलिज हुनेछ । यस फिल्मको बक्सअफिसमा 'मिशन मंगल' र 'बाटला हाउस' सँँग भिडन्त हुनेछ । तीनै फिल्म अलग-अलग कन्टेन्टमा बेस्ड छन् ।  
Most Visited News (monthly)