
जेठ ३ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले राम्रो फिल्म बनाए हलमा दर्शकको खडेरी लाग्दैन भन्ने एउटा गतिलो उदाहरण पेश गरेको छ । राम्रो फिल्म हेर्न पनि दर्शक हलसम्म नपुगिरहेको चर्चा फिल्मवृतमा चलिरहँदा यो फिल्मले भने अहिले बक्सअफिसमा लोभलाग्दो व्यापार गरिरहेको छ । फिल्मले आक्रामक व्यापारलाई दोस्रो हप्ता पनि निरन्तरता दिएको छ ।

आलिया भट्ट, रणबीर कपूर, अमिताभ बच्चन स्टारर फिल्म ‘ब्रह्मास्त्र’ लाई लिएर निर्माता करण जोहरले हालै एक ठूलो खुलासा गरेका छन् । उनले फिल्ममा सुपरस्टार अमिताभ बच्चनसँगै साउथका सुपरस्टार नागार्जुन पनि हुने जानकारी दिएका छन् । उनले साउथका दर्शकलाई मध्यनजर गर्दै यो फैसला लिएका हुन् ।

जेठ ३१ गतेलाई रिलिज क्यालेन्डर रोज्दै फिल्म ‘झट्का’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । ‘माया बस्यो रेडिमेड’ बोलको गीतमा मनिष रेश र सहिमा श्रेष्ठले गायनमा सहकार्य गरेका छन् । दिनेश सुवेदीको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

एक समय दर्जन बढी सफल फिल्म पस्किएका निर्देशक मदन घिमिरे केही वर्षयता सुस्ताएका छन् । पारिवारिक फिल्म बनाउन सिपालु मानिने उनले 'घर संसार', 'बुबा-आमा', 'जीवन दाता', 'दादागिरी', 'दोस्ती' लगायतका फिल्म निर्देशन गरिसकेका छन् । केही समय फिल्म निर्देशनबाट टाढा रहेका उनी निर्देशित नयाँ फिल्म ‘काउसो’ यही जेठ १७ मा रिलिज हुँदैछ ।

आउँदो दशैंमा प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’ को शुक्रवारबाट छायांकन सुरु भएको छ । शिर्ष गीतबाट फिल्मको छायांकन आरम्भ भएको हो । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर फिल्मको गीतको छायांकन भइरहेको निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मामाथि गीत फिल्मांकन गरिनेछ ।

कमेडी जनरामा निर्माण भएको फिल्म ‘न यता न उता’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । गत वर्षको माघ २५ गतेलाई रिलिज टार्गेट गरिएको भएता पनि विभिन्न प्राविधिक कारणले फिल्म प्रदर्शनमा आउन सकेको थियो । अब, यो फिल्म आउँदो साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

