Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिकमा सौगात र नम्रताको ‘माछा माछा’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/16
कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै भर्सटायल अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमार्फत् फिल्मका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ । 
 
 
सौगातसँगै विजय बराल र अनोज पाण्डे, माओत्से गुरुङ र अभिनेत्री नम्रता श्रेष्ठलाई पनि पोस्टरमा विशेष स्थान दिइएको छ । यो फिल्मले तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्ष कथा भन्छ ।
 
फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ । 
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ मा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । फिल्मको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । 
 
 
फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ । सार्वजनिक पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने देखिन्छ । 
Most Visited News (monthly)