Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाइल्यान्डमा हुँदै ‘जनजाति फिल्म अवार्ड’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/16
नेपाली भाषामा बनेका फिल्मको अवार्ड कार्यक्रम नेपालमा वर्षेनी दर्जनभन्दा बढी हुने गर्दछन् । तर, जनजाति फिल्मको प्रोत्साहन स्वरुप आजसम्म अवार्ड भएका छैनन् । पहिलो पटक हुकुम मल्टिमिडियाले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड’ गर्ने भएको छ । भदौ ७ गते थाइल्यान्डको पटायामा हुने कार्यक्रममा फिल्म र म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिनेछ । 
 
जनजाति फिल्म र संगीतको विकास र विस्तारका लागि हुन लागेको अवार्डको बारेमा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने बताए । 
 
 
फिल्मतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । ०७३ देखि ०७५ सम्म निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने अध्यक्ष बम्जनले जनाए । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तराष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । 
 
त्यस्तै, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनजाति फिल्मलाई विश्व बजारमा पुर्‍याउन ‘जनजाति फिल्म अवार्ड’ ले ठूलो भूमिका खेल्ने बताए । उनले गएको केही वर्षदेखि हुन नसकेको प्राविधिक संघले गर्ने नेफ्टा अवार्डको मिति समेत घोषणा गरे । उनका अनुसार, आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड हुनेछ । 
Most Visited News (monthly)