Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.60/5.00)
Text size:-
+
-

निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान’

फिल्मीखबर, काठमाडौं, 2019/07/30
 
नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । दुईलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो । 
 
ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा हुन लागेको ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ ।
 
कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नेछन् । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तिजमा विभिन्न सांस्कृति कार्यक्रमसँगै एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आएको छ । 
Most Visited News (monthly)