Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘राते काइँला’ को ‘रे’ ट्रेलर रिलिज (भिडियो)

एजेन्सी, मुम्बई, 2019/07/31
 
यही साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन मिश्रित ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् । 
 
फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । ट्रेलरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट्याउँछ । अभिनेता दिवसलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ । यो फिल्मका निर्देशक दिनेश पौडेल हुन् । एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ । 
 
फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)