
सर्लाहीका रैथाने प्रदीप भट्टराईले हाल प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ बाट सफल निर्देशकको रुपमा ह्याट्रिक गरेका छन् । लामो समय मह सञ्चारमा रहेर आफूलाई निर्देशकको रुपमा निखारेका प्रदीप निर्देशित डेब्यू फिल्म ‘जात्रा’ नै सुपरहिट भएको थियो । यसपछि उनले ‘शत्रु गते’ को क्याप्टेनसिप सम्हाले । यो फिल्म पनि सुपरहिट भयो । भलै, यस फिल्ममा उनले बजारमुखी भएको आरोप खेप्नुपर्यो ।

सकभर सेलिब्रेटीहरु लभ लाइफ अत्यन्त गोप्य राख्न चाहन्छन् । प्रेमी वा प्रेमिका सार्वजनिक गर्दा करिअरलाई असर पर्ने डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध लुकाउनु नै निको ठान्दछन् । तर, केही नेपाली कलाकारहरु भने खुल्लम खुल्ला प्रेम गरिरहेका हुन्छन्/छन् । प्रियंका कार्की र आयुष्मान देशराज जोशी एक उदाहरण हुन् । अर्का उदाहरण हुन्, अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह ।

सिनेमा घरमा हाउसफुल शोपछि अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ प्रदर्शनको चार दिनमा सय करोड क्लबमा इन्ट्री भएको छ । अभिनेता सलमान खान र खभिनेत्री कटरीना कैफ स्टारर यस फिल्मले बक्सअफिसमा एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको छ । ‘भारत’ सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म साबित भएको छ ।

‘सिरियल क्विन’ की उपाधि पाएकी कलाकार सरिता लामिछाने नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा थिइन् । उनका प्रतिद्वन्द्धी थिए, अभिनेता रवीन्द्र खड्का । सामाजिक सञ्जालमार्फत् महिला कलाकारहरुले सरितालाई खुलेरै समर्थन गरेका थिए । सामाजिक सञ्जालमा उनलाई समर्थन गर्ने कलाकारको भीड ठूलो थियो । नयाँ पुस्ताका कलाकारमाझ पनि उनी निकै परिचित थिइन् ।

सुपरस्टार राजेश हमाल आइतवारबाट ५४ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म 'युगदेखि युगसम्म' बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

अनेक उतार चढाव पार गर्दै फिल्मीखबर डटकमले आज नेपाली फिल्म क्षेत्रमा १० बर्ष पूरा गरेर एउटा ईतिहास बनाएको छ। यो मेरो मात्र नभई नेपाली फिल्मी क्षेत्रले नै गर्व गर्ने कुरा हो भन्ने मलाई लागेको छ।

