Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

शिवहरीको ‘लक्का जवान’ घोषणा, कलाकार को-को ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/31
‘प्वाक्क मुखामा हान्नु जस्तो’ थेगोले आम दर्शकमाझ चिनिएका हास्यकलाकार शिवहरी पौडेलले ‘लक्का जवान’ बाट फिचर फिल्म निर्देशनमा हात हाल्दैछन् । यसअघि केही हास्यटेलिसिरियल निर्देशन गरेका उनले निर्देशन गर्ने फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । भदौपछि छायांकन सुरु हुने फिल्मको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् । 
 
 
 
किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । फिल्मको कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन् । उनले निर्देशकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाहा गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 
फिल्ममा निर्देशक पौडेल स्वयंको प्रमुख भूमिका रहनेछ । उनीसँगै किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा सानो पर्दाका परिचित कलाकारहरुको ठूलो भीड छ । फिल्मका गीतमा बाबुल गिरीले संगीत भर्नेछन् । 
 
कविराज गहतराजको कोरियोग्राफी रहने यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । भने, मित्र डि. गुरुङलाई सम्पादकको जिम्मेवारी सम्पिएको छ । 'तँ त साह्रै बिग्रिस नी बद्री', 'शत्रु गते' र 'दाल भात तरकारी' फिल्मको निर्माण गरिसकेका निर्माता तथा कलाकार किरण केसीले शिवहरीको क्षमतालाई देखेर फिल्म निर्देशन गर्ने जिम्मेवारी दिइएको बताए । शिवहरीले राम्रो फिल्म बनाउने उनको विश्वास छ । 
 
 
 
निर्देशकको रुपमा आफूलाई स्थापित गर्न लागेको शिवहरीले ‘लक्का जवान’ का लागि बरिष्ठ हास्यकलाकार द्ववय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रमुख भूमिकामा अफर गरेको खुलाए । तर, मह सञ्चारभन्दा बाहिरी ब्यानरको फिल्म नगर्ने निर्णयका कारण सम्भव नभएको उनको भनाई छ । फिल्मको घोषणा सभामा मदनकृष्ण र हरिवंश दुबै उपस्थित थिए । 'छक्का पञ्जा' टोलीको पनि कार्यक्रममा उपस्थिति थियो । 
Most Visited News (monthly)