Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

गोविन्दा भन्छन्, ‘मलाई ‘अवतार’ अफर भएको थियो’

एजेन्सी, मुम्बई, 2019/07/31
 
बलिउड सुपरस्टार गोविन्दाले हलिउडको ब्लकबस्टर फिल्म ‘अवतार’ आफूलाई अफर भएको खुलासा गरेका छन् । तर, उनले यो फिल्म गरेनन् । उनको यो खुलासाले बलिउड तताएको छ । उनले आफूले नै निर्देशकलाई फिल्मको नाम सुझाएको पनि बताएका छन् । हालै टिभी शो ‘आपकी अदालत’ मा पुगेका गोविन्दाले हलिउड फिल्म ‘अवतार’ नगर्नुको कारण खुलाए । 
 
‘‘अवतार’ टाइटल मैले नै दिएको थियो र त्यो एक निकै सुपरहिट फिल्म साबित भएको थियो । मैले पहिला नै भनेको थिएँ कि यो फिल्म निकै ठूलो हिट साबित हुनेछ । साथै, मैले निर्देशक (जेम्स क्यामरन) लाई यो फिल्म सात वर्ष बन्दैन र फिल्म पूरा पनि हुँदैन भनेर पनि भनेको थिएँ । मेरो कुराले उनी निकै रिसाएका थिए र यसो नभन्न आग्रह गरेका थिए’’, गोविन्दाले भने ।  
 
फिल्म छाड्नुको कारणबारे प्रस्ट्याउँदै उनी भन्छन्, ‘म आर्युवेद, पताञ्जलि र थाहा छैन के-के प्रयोग गर्छु । मैले निर्देशकलाई भनेँ कि तिमीहरु मेरो पूरै बड्डीमा ४१० दिन कलर लगाउनेछौं, जुन मबाट हुन सक्दैन । यद्यपि, मैले उनीहरुलाई यो फिल्म ठूलो हिट हुनेछ भनेको थिएँ । र, यसको करीब ८/९ वर्षपछि फिल्म रिलिज भएको थियो । तर, मलाई फिल्म नगरेकोमा पछुतो छैन ।’ 
 
हलिउड फिल्म ‘अवतार’ गर्न अस्वीकार गरेको बताएपछि अभिनेता गोविन्दा ट्रोलको शिकार भएका छन् । प्रशंसकले सामाजिक सञ्जालमा उनको कयौं प्रकारको मीम्स साझेदार गरेका छन् । गायक कमल खानले त ट्विटरमार्फत् गोविन्दाको दिमागी अवस्था ठिक नभएको समेत बताएका छन् । उनी लेख्छन्, 'उनी एक ठूला स्टार हुन्, यसकारण बलिउडका व्यक्तिले उनलाई सहयोग गर्नुपर्छ ।' 
Most Visited News (monthly)