Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा केकी र ऋचाको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2019/08/02
हरेक हप्ताको शुक्रबार एकभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । तर, यस वर्षको साउन दोस्रो हप्तासम्म 'जात्रै जात्रा' र 'दाल भात तरकारी' बाहेक कुन फिल्मले लगानी उठाउन सकेका छैनन् । निर्माताको करोडौंको लगानी पानीमा बगिरहेको छ । चलेका कलाकारका फिल्मले समेत हलमा दर्शक तान्न नसकेको अवस्था छ । तर, फिल्म नचले पनि निर्माण र प्रदर्शनमा भने कमी आएको छैन । हरेक हप्ताको शुक्रबार फिल्म भिडेका भिड्यै छन् । 
 
नेपाली फिल्मले हलमा दर्शक आकर्षित गर्न चुकिरहेको अवस्थामा शुक्रबारबाट दुई फिल्म ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्ममा दुई चलेका अभिनेत्रीको अभिनय छ । कमेडी फिल्म ‘न यता न उता’ मा भर्सटायल अभिनेत्री ऋचा शर्मा र ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिका छ । दुई अत्यन्त मिल्ने अभिनेत्री हुन् । सम्भवतः पहिलो पटक दुईको फिल्म बक्सअफिसमा ‘क्यास’ भएको हो । 
 
 
दुई अर्धबैशे पुरुषको कथा वाचन गर्ने ‘न यता न उता’ मा ऋचाका अलावा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय छ । मिराज रोशले फिल्म निर्देशन गरेका हुन् । सामान्य प्रसारमा यो फिल्म प्रदर्शनमा आएको हो । 
 
उक्त फिल्ममा अरोन अशोक कुमारको छायांकन छ । फिल्ममा दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मिराजले बताएका छन् । यस फिल्मले उठाएको कथा नेपाली फिल्ममा नै पहिलो पटक रहेको उनको भनाई छ । रिना लामाले फिल्मको निर्माण गरेका हुन् । बिहीबार साँझ राजधानीमा भएको प्रिमियरमा फिल्मलाई सुखद प्रतिक्रिया मिलेको छ । सेलिब्रेटीहरुले फिल्म रचाएका छन् । 
 
त्यस्तै, बिना प्रचार प्रदर्शनमा उत्रिएको फिल्म ‘रातो गलबन्दी’ मा केकीले कोशिश क्षेत्रीसँग रोमान्स गरेकी छन् । अनिश थापाले फिल्मको निर्देशन गरेका हुन् । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । सुमन तामाङले खिचेको फिल्मकोे कार्यकारी निर्माता प्रकाश दुलाल हुन् । भने, बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्मातामा रहेका छन् । फिल्ममा हिमाल कडरियाको कथा छ ।
Most Visited News (monthly)