Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रामायण’ मा राम बन्दै ऋतिक, सीता बन्लिन् दीपिका ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/02
 
शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘सुपर ३०’ को सफलतापछि बलिउड सुपरस्टार ऋतिक रोशन फिल्म ‘रामायण’ मा रामको भूमिकामा देखिने भएका छन् । यो फिल्मका लागि सीताको भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई अप्रोच गरिएको छ । तर, उनले निर्माण टीमलाई फिल्म गर्ने वा नगर्ने भन्ने जानकारी दिएकी छैनन् । 
 
ऋतिक भने केही दिन अगाडि थ्रीडीमा निर्माण हुने फिल्म 'रामायण' मा अनुबन्ध भएको जानकारी प्राप्त छ । तर, निर्माण टीमले भने यसको खुलासा गरेको छैन । दीपिका पनि फिल्म गर्न राजी भएको खण्डमा पहिलो पटक ऋतिक र दीपिका सिल्भर स्क्रिनमा देखिनेछन् । हालै दीपिकाले फिल्म 'छपाक' को छायांकन सकेकी छन् । 
 
नितेश तिवारी र रवि उदयावारको फिल्म 'रामायण' हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । फिल्मलाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मिलकरले मिलेर निर्माण गर्दैछन् । सम्भवतः यस वर्षको अन्त्यबाट फिल्मको छायांकन सुरु हुनेछ । अहिले निर्माण टीम अभिनेत्री दीपिकाको निर्णयको पखाईमा छ । 
 
अभिनेता ऋतिकको बिहारका म्याथमेटिशियन आनन्द कुमारको जीवनमा बनेको फिल्म 'सुपर ३०' ले बक्सअफिसमा एक सय तीस करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो फिल्मपछि उनको एक्सन फिल्म 'वार' २ अक्टोबरमा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै टाइगर श्राफ पनि छन् । टीजरबाटै फिल्मलाई 'स्योर सट' हिट मानिएको छ । 
Most Visited News (monthly)