Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘मेरो आफ्नो’ मा केवल र सुजताको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2019/08/03
राजु अधिकारी निर्देशित फिल्म ‘मेरो आफ्नो’ को सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा एक गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । फ्लोरमा निस्किएको ३५ दिनमा फिल्मको छायांकन पूरा भएको निर्देशक अधिकारीले बताए । फिल्म उत्कृष्ट बनेको दाबी उनको छ । 
 
यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ । ओम साइभक्त मिडिया प्रा.लि.का लागि श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ मा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ । फिल्मका लेखक मौनता श्रेष्ठ हुन् ।
 
 
केही दिनमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द, तारा प्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको छ । केवलजंग कुँवर र सुजता थापाको प्रेममा आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको बताइएको छ । 
 
रामजी लामिछानेको साथमा कमल राई र किरणले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् । धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस फिल्मलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् । नव-अभिनेता केवलजंग कुँवरले फिल्ममा आफ्नो भूमिका न्यायपूर्वक निभाउने प्रयन्त गरेको बताए । 
Most Visited News (monthly)