Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘षट्कोण’ मा पत्रकार बन्दै कर्मा

फिल्मीखबर, काठमाडौं, 2019/08/04
मनसुन क्रमिकरुपमा निस्क्रिय भइरहेको अवस्थामा फिल्मको घोषणा धमाधम भइरहेका छन् । यसबीच, आइतबार राजधानीमा एक कार्यक्रमका बीच मिलन डि. काप्रीको निर्देशनमा बन्न लागेको फिल्म ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा गरिएको छ । भदौ १८ गतेबाट फ्लोरमा जाने फिल्म मनोवैज्ञानिक रहस्यमा आधारित हुने बताइएको छ । 
 
 
 
शिशिर वनेमको कथा तथा पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद छ । फिल्ममा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक काप्रीका अनुसार, फिल्मका लागि केही अभिनेत्रीसँग कुरा भइरहेको छ । 
 
अभिनेता कर्माले आफूले फिल्ममा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाहा गर्न लागेको बताए । उनी भन्छन्, ‘फिल्मको कथा सरल र साधारण छ । कुनै झकिझकाउ छैन । यसकारण पनि मैले फिल्म छाड्न सकिनँ ।’ अर्का कलाकार भोलाराजले फिल्म स्क्रिप्टको फोटोकपी बन्नेमा विश्वास व्यक्त गरे । 
 
 
 
आङछेन लामाले खिच्ने फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गर्न लागेको हो । भिमफेदी र काठमाडौंमा छायांकन हुने फिल्ममा विशेष पाण्डेको ध्वनी, अशेश लुईंटेलको मुख्य सहायक निर्देशन रहनेछ । यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका निर्देशक काप्रीले एक रहस्मय मर्डरको कथामा ‘षट्कोण’ आधारित भएर बन्ने बताए । 
Most Visited News (monthly)