Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘विक्रम वेधा’ को हिन्दी रिमेकमा आमिर भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2019/08/05
 
केही समययता बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको दौड चलेको छ । साउथका सफल फिल्मको हिन्दी रिमेकले राम्रो व्यापार गरिरहेका कारण पनि फिल्ममेकर्स यसतर्फ बढी आकर्षित भएका छन् । यसबीच, आर माधवनको ब्लकबस्टर फिल्म ‘विक्रम वेधा’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ ।
 
फिल्ममा लिड रोलमा अभिनेता द्वय आमिर खान र सैफ अली खान देखिने चर्चा छ । लामो समयदेखि अभिनेता आमिर आफ्नो होम प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म 'लाल सिंह चड्ढा' को तयारीमा जुटेका छन् । यो फिल्मको छायांकन पूरा भएपछि उनले तमिल फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक गर्ने बताइएको छ । 
 
बलिउड लाइफमा प्रकाशित समाचारका अनुसार, आमिर खानले ‘विक्रम वेधा’ मा भिलेनको भूमिकामा देखिनेछन् । त्यस्तै, सैफ अली खानले फिल्ममा लिड एक्टरको रोल प्ले गर्नेछन् । नीरज पान्डेले निर्माण गर्ने फिल्मको निर्देशन गायत्री पुष्करले गर्नेछन् । उनले ‘विक्रम वेधा’ को तमिल भर्जनको पनि निर्देशन गरेका थिए । 
 
फिल्ममा सैफ पुलिस अफिसरको भूमिका हुनेछन् । फिल्मको नाम ‘विक्रम वेदा’ राखिएको भारतीय मिडियाले बताएका छन् । मार्च २०२० बाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्ममा विजय सेतुपतिले निभाएको भूमिकामा आमिर देखिनेछन् भने सैफले आर माधवनले निभाएको भूमिका निभाउनेछन् । 
Most Visited News (monthly)