Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘म’ बन्ने, प्रमुख भूमिकामा रेविकादेखि कुशुमसम्म

फिल्मीखबर, काठमाण्डौ, 2019/08/05
लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परिक्षेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । 
 
 
 
 
 
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । यो फिल्ममा अभिनय गर्ने प्रायः कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् । 
 
 ‘म’ मा जितेन लेप्चाको गीत रचना रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् । 
 
 
 
 
 
फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए । फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई । अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए । 
Most Visited News (monthly)