Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरले ‘जाइरा’ को हाइप कति बढायो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/11
यस वर्ष प्रदर्शनमा आउने प्रतिक्षीत फिल्मको सूची तयार पार्ने हो भने अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ छुट्दैन । बदलाको कथामा निर्माण भएको यो फिल्म आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । चरित्रमा फिट हुन उनले कपाल समेत छोट्याएकी थिइन्, जसका कारण फिल्म ‘प्रसाद’ मा उनले विग लगाउनु पर्‍यो ।
 
आशुतोष राज श्रेष्ठको डेब्यू निर्देशन रहेको फिल्म ‘जाइरा’ को गएको बधबार एक्सन प्रधान ट्रेलर सार्वजनिक गरियो । योभन्दा अगाडि फिल्मको टीजरसहित एक रोमान्टिक र आइटम गीत सार्वजनिक भइसकेका थिए । तर, कुनैले फिल्मको हाइप निर्माणमा खासै ठूलो भूमिका खेलेनन् । ट्रेलरले भने फिल्मको सामान्य हाइपलाई चुल्याएको छ । दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता बढाएको छ ।
 
 
सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङमा पर्न नसके पनि ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । इन्टरनेट रिलिजको तीन दिनमा करीब साढे ४ लाख भ्यूअर्स मिलेको ट्रेलरलाई १३ हजार लाइक्स प्राप्त छ । पब्लिक कमेन्टमा करीब ८ सयले प्रतिक्रिया जनाएका छन् । अधिकांशले ट्रेलर हेरेपछि फिल्ममाथि अपेक्षा बढेको बताएका छन् । भने, नम्रता र अभिनेता अनुपविक्रम शाहीको जोडीलाई पनि रुचाइएको छ । 
 
निर्देशक श्रेष्ठले फिल्मको हाइप निर्माणमा ट्रेलरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनी भन्छन्, ‘ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौं । ट्रेलरले दर्शकमा फिल्मप्रति अपेक्षा पनि बढाएको छ । दर्शकको अपेक्षा पूरा गर्न हामीले कुनै कसर छाडेका छैनौं ।’ नम्रता टाइटल क्यारेक्टरमा रहेको यस फिल्मले महिला सशक्तिकरणमा प्रत्यक्ष टेवा पुर्‍याउने विश्वास निर्माण टिमको छ । 
 
‘जाइरा’ मा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री नम्रता पनि यो फिल्मकी निर्मात्री हुन् । फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)