
चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु भएको बोर्डले जनाएको छ ।

अभिनेत्री परिणीति चोपडा अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो बेस्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत दुबै एकअर्काका लागि निकै फापेका छन् । दुईले हाल प्रदर्शनरत फिल्म 'जात्रै जात्रा' सहित तीन फिल्ममा काम गरे । 'जात्रा' बाट सुरु भएको दुईको सहकार्य फिल्म 'गोपी' मा पनि भयो । भलै, यो फिल्मले बक्सअफिसमा कमाल गरेन । प्रदीप भट्टराई निर्देशित 'जात्रा' ले भने हलमा प्रदर्शनको ५१ दिन मनाएको थियो । अब, यसको सिक्वेल पनि यही बाटोमा छ । फिल्म बिहीवार ३५ औं दिनमा प्रदर्शनरत छ ।

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको फिल्म करिअर खासै सुखद रहन सकेको छैन । आयुष्मानले दीपेन्द्र के. खनाल निर्देशित हिट फिल्म 'चपली हाइट' को दोस्रो सिरिजबाट डेब्यू गरे । फिल्म बक्सअफिसमा पत्तासाफ भयो । न उनको अभिनय रुचाइयो । यसपछि उनले फिल्म 'कथा काठमाण्डू' गरे । यो फिल्मको हविगत उनको डेब्यू फिल्मभन्दा पनि टिठलाग्दो भयो ।

कुनै पनि कलाकार स्क्रिप्ट पढेपछि फिल्म गर्ने वा नगर्ने निधो गर्छन् । राम्रो लागे गर्छन् नभए नकार्छन् । तर, अभिनेता दयाहाङ राई स्क्रिप्ट पढनुभन्दा अगाडि इमेलमा आएको अडियो सुनेर फिल्म ‘आप्पा’ गर्न राजी भएका थिए । कालेबुङबासी निर्देशक अनमोल गुरुङले एक स्टुडियोमा गएर फिल्मको स्क्रिप्ट रेकर्ड गराएका थिए । ब्याकग्राउन्डमा म्यूजिकसहित ।

नेपाली फिल्मकर्मीको बोलीमा झ्याप्पै विश्वास गर्दैनन् दर्शक । किनभने, यहाँ सबै बोली पूरा गर्न भन्दा तोड्न बढी रमाउँछन् । अभिनेता अनमोल केसीले वर्षमा एक वा दुईवटा फिल्म गर्ने तर रिलिज अन्तर ६ महिना वा एक वर्षको हुने बोले । तर, गएको वर्ष उनी अभिनीत दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज भए । यस्तै, अभिनेता आर्यन सिग्देलले 'नोभेम्बर रेन' पछि कहिल्यै बाहिरी ब्यानरको फिल्म नगर्ने घोषणा गरे । अहिले भटाभट बाहिरी ब्यानरको फिल्म गरेर फुर्सद छैन ।

