Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9715 - 9720 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-06-21, शुक्रवार

असार महिना । अहिले किसानहरुलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ । खेतको हिलामा पसेर छुपुछुपु धान रोप्दै रोपाहारहरुले गाएको असारे गीतले गाउँपाखा गुञ्जयमान हुन थालेका छन् । सधैं एक्सन कटमा रमाउने अभिनेता विराज भट्ट पनि धान रोप्न डोटीको हिलो खेतमा छिरेका छन् । तर, फिल्मका लागि । उनको निर्देशन र प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ मा हालै धान रोपेको दृश्य खिचिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-21, शुक्रवार

चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको तीन वर्षदेखि हुन सकेको छैन । पछिल्लो पटक बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट २०७३ सालको असारमा‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाँडिएको थियो । यसपछि भएको छैन ।

एजेन्सी, मुम्बई, 2019-06-21, शुक्रवार

अभिनेता द्वय अमिताभ बच्चन र आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’ छायांकन सुरु भएसँगै चर्चामा छ । हाल फिल्मको टिम लखनऊ पुगेर धमाधम छायांकन गरिरहेको छ । यसबीच, फिल्मको सेटबाट अमिताभको फर्स्टलुक बाहिर आएको छ । उनको लुक्स जबरजस्त छ । उनलाई सजिलै चिन्न निकै गाह्रो हुन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-06-21, शुक्रवार

रंगमञ्च हुँदै नेपाली फिल्ममा भित्रिएका विपिन कार्की अहिलेका सर्वाधिक डिमान्डेड अभिनेता मध्येका एक हुन् । भर्सटायल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका उनको नाम महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा समेत अग्रणी स्थानमा आउँछन् । अचेल उनले एक फिल्मबापत १७ देखि १९ लाखसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । हाल उनी अभिनीत फिल्म ‘जात्रै जात्रा’ प्रदर्शनरत छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-21, शुक्रवार

फेसबुक, ट्विटर, इन्स्टाग्राममा लाखौं फलोअर्स हुँदैमा कुनै कलाकारको क्रेज मापन हुँदैन । कलाकारको क्रेज सामाजिक सञ्जालमा साझेदार गरेको फोटोमा आउने लाइक्सले होइन, फिल्म हेर्न हल पुग्ने दर्शकको भीडले मापन गर्छ । नेपाली कलाकारहरु युट्युबमा आफ्नो अन्तर्वार्ता लाखौंले हेरेपछि गमक्क हुन्छन् । आफूलाई ‘सुपरस्टार’ ठान्छन् । तर, हलमा फिल्मले पानी भन्न नपाउँदा निर्माता तर्सिन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-06-20, बिहिवार

एक्सन सुपरस्टार विराज भट्टले निर्देशनमा हात हालेको फिल्म ‘साङ्लो’ को अहिले डोटीमा छायांकन भइरहेको छ । यसमा उनकै लगानी र प्रमुख भूमिका छ । पूर्व मिस नेपाल निकिता चाण्डक उनको अपोजिटमा छिन् । यस फिल्म निर्माणका लागि डोटीको जोरायल गाउँपालिकाले १० लाख दिने भएको छ । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो ।

Results : 9715 - 9720 of 24024
Most Visited News (monthly)