
'उडता पञ्जाब', 'विवाह', 'जब वी मेट' र 'इश्क-विश्क' जस्ता फिल्ममा आफ्नो जीवन्त अभिनयबाट दर्शकको प्रिय अभिनेता बनेका शाहिद कपूर शुक्रबार फिल्म 'कबीर सिंह' लिएर आउँदैछन् । यसमा उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो फिल्म शाहिदको करिअरका लागि एकदमै महत्त्वपूर्ण मानिएको छ । यस फिल्मको गीतसंगीत र ट्रेलर अहिले निकै चर्चामा छ ।

प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ । तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । फिल्म करिअरको करीब ५/६ वर्षमा खासै मुश्किल समय नगुजारेकी वर्षाले हालै एक कठिन परिस्थितिको सामना गर्नुपर्यो ।

बुधबार प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ३४ औं दिनमा प्रदर्शन भइरहेको छ । अब, फिल्म ५१ दिने बाटोमा छ । दर्शक र समीक्षकले उत्कृष्ट भनेको यस फिल्मले बक्सअफिसमा प्रदर्शनको दुई हप्ता गजबकै व्यापार गर्यो । तेस्रो हप्ताबाट फिल्मको व्यापारमा केही गिरावट आए पनि कमजोर भने छैन । फिल्मले चौथो हप्तासम्म घरेलु बजारमा ८ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ ।

पछिल्लो समय बक्सअफिसमा दुई/चार पैसा राम्रो कमाएका फिल्मको सिक्वेल बनाउने क्रम निकै बढेको छ । ‘नाईं नभन्नू ल’ ले सुरु गरेको यो परम्परालाई अहिले धेरै फिल्मले आत्मसात् गरेका छन् । ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ हुँदै गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन’ को पनि दोस्रो पार्ट निर्माण हुने भएको छ । बुधबार यस फिल्मको शुभ मुहूर्त गरियो ।

अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म हो ‘होस्टेल’ । यो फिल्म सफल भएपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन । यो फिल्म सफल हुनुको कारण उनलाई नै मान्ने गरिन्छ । उक्त फिल्मबाट उनीसँगै सलोन बस्नेत र गौरव पहारीले पनि डेब्यू गरेका थिए । दोस्रो सिरिजबाट भने लिड हिरोको रुपमा शुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनले डेब्यू गरे ।

दशैं सकिए लगत्तै छायांकनमा जान लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । आइतबार आफ्नो सेड्युल नमिलेको भन्दै हमालले फिल्म गर्न नसक्ने जानकारी दिएसँगै उनको ठाउँमा एक समय उनकै प्रतिस्पर्धी अभिनेता शिव श्रेष्ठको प्रवेश भएको छ ।

