
साउथका सुपरस्टार प्रभासलाई 'बाहुबली' सिरिजमा काम गरेपछि संसारले चिन्यो । उनको फिजिकमा युवतीहरु पहिलादेखि नै फिदा थिए अब उनको एक्सनको पनि फ्यान भएका छन् । आउँदो अगस्ट ३० (भाद्र १३) मा प्रदर्शन हुन लागेको फिल्म 'साहो' बाट उनले बलिउडमा पनि इन्ट्री गरेका छन् । उनको बलिउड डेब्यू पनि सानदार हुने अनुमान गरिएको छ ।

करीब डेढ दशकदेखि नेपाली फिल्ममा सक्रिय एक समयकी ‘नम्बर वान अभिनेत्री’ रेखा थापाले आज (भाद्र ५ गते बिहीबार) आफ्नो जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो फिल्म ‘मालिका’ हो ।

निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ को हिसाब-किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । 'सीमारेखा', 'करोडपति', 'राँको', 'एक नम्बरको पाखे' जस्ता सफल फिल्म निर्देशन गरेका उनको बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि हुने जानकारी प्राप्त छ ।

एक समयका हिरो र अहिलेका वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले उनलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो । सोधपुछका लागि अहिले प्रहरीले उनलाई टेकुमा राखेको छ । उनी निर्मित पछिल्लो फिल्म ‘लभ स्टेशन’ हो ।

नेपालमा कुनै फिल्मको सिक्वेलले साख जोगाउन सकेको इतिहास छैन । प्रायः सिक्वेल ब्याज खाने उद्येश्यले मात्र निर्माण हुने गरेका छन् । प्रदीप भट्टराई निर्देशिन फिल्म ‘जात्रा’ को सिक्वेल छाड्ने हो भने अधिकांश हिट फिल्मका सिक्वेलले दर्शकलाई प्रफुलित बनाउन सकेका छैनन् । ‘लुट २’, ‘होस्टेल रिर्टन्स’, ‘वीर विक्रम २’ यसका उदाहरण हुन् । तर, ब्रान्ड बनिसकेको फिल्मको नाम भजाएर बोरामा पैसा बटुल्न सिक्वेल निर्माण गर्ने क्रम रोकिएको छैन ।

