Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेम संसार’ पोस्टरमा छल्कियो प्रेम र आयुष्माको प्रेम

फिल्मीखबर, काठमाडौं, 2019/10/25
 
आउँदो मंसिर १३ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा उत्रिन लागेको प्रेमकथानक फिल्म ‘प्रेम संसार’ को अफिसियल पोस्टर लञ्च भएको छ । फिल्मका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्की पोस्टरमा निराश मुद्रामा एकअर्काको अंगालोमा देखिएका छन् । पोस्टरले नै फिल्म प्रेम कथामा बनेको प्रस्ट्याउँछ । फिल्मका निर्देशक राम गौतम हुन् । 
 
फिल्ममा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि।कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, उनी फिल्मका निर्माता पनि हुन् । दिपेन्द्र बस्न्यातले फिल्म खिचेका हुन् । 
 
कमल सुनार र सीता सुनार पनि निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । कलाकार समेत रहेका उत्तमले फिल्ममा आफ्नो अभिनय भने नरहेको गीत सार्वजनिक कार्यक्रममा बताए । यो फिल्ममा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेम र अभिनेत्री आयुष्मा फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । 
Most Visited News (monthly)