
भर्सटायल अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । सोलो रिलिजको दुर्लभ संयोग पाएको यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत छिन् । पहिलो पटक उनले एक्सन भूमिका गरेकी हुन् ।

एक समय अभिनेता आर्यन सिग्देलले नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका थिए । लभस्टोरी फिल्ममा निर्विकल्प अभिनेताझैं थिए, उनी । उनलाई लिएपछि फिल्मले बक्सअफिसमा घाटाको व्यापार नगर्ने सोचाई मेकरमा थियो । आफ्नो दबदबा रहँदा उनले करिअरलाई नाफा र घाटा हुने दुबै प्रकारका फिल्म गरे । आफ्नो समयका उनी सर्वाधिक महँगा अभिनेता समेत हुन् ।

अहिले कुनै नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउनु भनेको चिट्ठै पर्नु बराबर हो । वर्षमा ५२ हप्ता हुन्छ । तर, वर्षेनी सयको आसपासमा फिल्म प्रदर्शन हुने गरेका छन् । जसले गर्दा एकाध फिल्मबाहेक अरुले सोलो रिलिज पाउँदैनन् । हरेक हप्ता दुईभन्दा बढी फिल्मबीच भिडन्त हुने गरेको छ । सोलो रिलिजमा हल संख्या र दर्शक बाँडिँदैन, जसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा पर्छ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह दर्शक फकाउन देश दौडाहामा निस्किएका छन् । भाद्र १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ को विषयमा जानकारी दिने उद्येश्यले उनीहरु अहिले मोफसल टुरमा छन् । यसको सुरुवात सुनसरीको इटहरीबाट भएको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा पुष्प र साम्राज्ञीसँगै निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षात्कार गरे ।

अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की स्टारर फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरको चौथो फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गरेकी छन् । बिहीबार यो फिल्मको ‘सिल्की सिल्की बाल’ गीत सार्वजनिक भएको छ । गीतमा आर्यनसँग उनको केमेस्ट्री गजबको देखिएको छ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।

साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्र्वजनिक गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतमा फिल्मका लिड अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर प्रेमिल मुद्रामा प्रस्तुत छन् । कलाकार भोलाराज सापकोटालाई पनि गीतमा ठुम्का लगाएको देख्न सकिन्छ ।

