
‘प्वाक्क मुखमा हान्नुजस्तो’ थेगोले चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गर्न लागेको फिल्म ‘लक्का जवान’ को शुभ मुहूर्त गरिएको छ । सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरियो । फिल्मको बुधबारबाट छायांकन सुरु हुनेछ । भने, पहिलो सेड्युलका लागि काभ्रे रोजिएको छ ।

निर्माता छविराज ओझाकी श्रीमाती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरि कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध शिल्पा उच्च अदालत पुगेकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी सर्वोच्च पुगेकी हुन् ।

चौथो दिनमा प्रदर्शनरत मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ को चौथो गीत सार्वजनिक भएको छ । ‘सत्य सत्य’ बोलको प्रेमिल गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतमा प्रियंका बोल्ड अन्दाजमा देखिएकी छन् । सुगम पोखरेलले गीत गाएका हुन् ।

गएको जेठमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । आश गरिएका फिल्मले समेत दर्शक हलमा तान्न नसकेको अवस्थामा बिहीबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ ले सुस्ताएको फिल्मको बजारलाई फेरि उठाउने अपेक्षा गरिएको थियो । तर, सफल हुने लक्षण देखिएको छैन ।

ह्योल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको फिल्मको ट्रेलर आकर्षक छ । नेपाली भाषाको फिल्मभन्दा कम तामझाम देखिन्न । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।


