
बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्मको हिस्सा बनिसकेकी छन् । उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ ।


अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । रोमकोम जनरामा निर्माण भएको फिल्मको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा अनुबन्ध भएकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’ मा उनको प्रवेश भएको हो । लामो समयदेखि यो फिल्ममा उनी हुने चर्चा थियो ।

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’ टीम मोफसल प्रचार-प्रसार भ्याएर राजधानी फिरेको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानने पोखराबाट फिल्मको प्रचार अभियान सुरु भएको थियो । यसपछि निर्माण टीमले चितवन, धरान र इटहरीमा विभिन्न कार्यक्रमको आयोजना गर्यो । इटहरीमा भने परम्परागत शैलीभन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो ।

२०७३ असार २९ गते राजधानीको एक रिसोर्टमा अभिनेत्री शिल्पा पोखरेलले आफूभन्दा आधा उमेर बढी निर्माता छविराज ओझासँग सुटुक्क विवाह गरिन् । विवाह समारोहमा शिल्पाको तर्फबाट आमा बुबा र तिहारमा टिका लगाएको दाई विकास रौनियार र उनकी श्रीमती सम्झना रौनियार उपस्थिति थिए । भने, छविराजले आफ्ना दुई विश्वासिला पात्र अभिनेता पृथ्वीराज प्रसाईं र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलाई बोलाएका थिए ।

