शुक्रबारबाट हलमा अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आउँदा युट्युबमा उनको नयाँ फिल्म ‘माछा माछा’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । ट्रेलरमार्फत् फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको छ ।
.jpg)
पैसा कमाउन तीन युवाले गर्ने दौडधुपमा फिल्म आधारित रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । सौगातसँगै फिल्ममा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् ।
फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।
शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । फिल्ममा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ । ‘माछा माछा’ मा अभिनेत्री सृष्टि श्रेष्ठको विशेष भूमिका रहेको बताइएको छ । तर, ट्रेलरमा उनलाई स्थान दिइएको छैन ।
ट्रेलर हेर्नुहोस् :-

