Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9421 - 9426 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-20, मंगलवार

नेपालमा महँगो टिकट काटेर हलमा फिल्म हेर्ने संस्कार विस्तारै हराउँदै गएको छ । घरमै बसेर डिजिटल प्ल्याटफर्ममा फिल्म हेर्नेको संख्या दिन-प्रतिदिन बढ्दो छ । यूट्युबमा निःशुल्क र अन्य केही एप्समा सीमित रकम तिरेपछि चाहेको फिल्म हेर्न सकिन्छ । विश्व बजारमा नेटफ्लिक्सले आफ्नो प्रभुत्व जमाएको अवस्थामा नयाँ नेपाली फिल्म हेर्न चाहनेका लागि एक एप्स लञ्च भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-19, सोमवार

एक समय नेपाली फिल्ममा राम्रो स्थान बनाएका चकलेटी अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिइन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-19, सोमवार

फिल्म प्रदर्शनका लागि दशैं उपयुक्त मानिन्छ । लामो विदा हुने हुँदा फिल्मलाई लगानी उठाउन गाह्रो हुँदैन । त्यसैले त दशैंमा फिल्म प्रदर्शन गर्न निकै ठूलो राजनीति हुने गरेको छ । केही वर्षयता दीपकराज गिरी र अशोक शर्माको कब्जामा रहेको दशैं विदा अर्को वर्षबाट थप बाँडिने भएको छ । २०७७ को दशैंमा सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज प्रदर्शन हुने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-19, सोमवार
गत वर्षको पौष १३ गते आउने निश्चित भएता पनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको फिल्म ‘बादशाह जुट’ ले नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अब आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । पोस्टरमा फिल्मका लिड अभिनेता सुशील श्रेष्ठ र कलाकार रविन तामाङ फिचर्ड छन् । 
एजेन्सी, मुम्बई, 2019-08-19, सोमवार

अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनको सुपरहिट हरर कमेडी फिल्म ‘भूल भुलैया’ को सिक्वेलको अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘भूल भुलैया-२’ मा चकलेटी अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा अनुबन्ध भएका छन् । सार्वजनिक दुई पोस्टरमा आर्यनको चरित्र चित्रण गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2019-08-19, सोमवार

आगामी ९२ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ १३ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । 

Results : 9421 - 9426 of 24024
Most Visited News (monthly)