Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

फस्टलुकमा यस्तो देखियो आर्यनको ‘जस्मिन’

फिल्मीखबर, काठमाण्डौ, 2019/10/25
शंकर कार्की निर्देशित फिल्म ‘जस्मिन’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता आर्यन अधिकारी फिचर्ड छन् । भने, अभिनेत्री अशिष्मा नकर्मीलाई पियानो बजाउँदै गरेको अवस्थामा चित्रण गरिएको छ । तर, उनको अनुहार देखाइएको छैन । फिल्म सांगीतिक प्रेमकथामा बनेको पोस्टरले प्रस्ट्याउँछ । 
 
फिल्ममा आर्यन र अशिष्माका अलावा के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछिन् । एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा फिल्म आधारित रहेको बताइएको छ । 
 
 
यसअघि 'रोमियो' नामक फिल्म निर्देशन गरिसकेका निर्देशक कार्की भन्छन्, ‘संगीतप्रेमीको जर्नी, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध, पारिवारिक समस्या, समाजमा देखिने र सुनिने गम्भीर कुरालाई फिल्मले आत्मसात् गरेको छ ।’ रिलिज डेट नतोकिएको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक कार्कीको दाबी छ । 
 
मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा किरण घिमिरे (माइकल) को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन र कोशिश क्षेत्री/कल्याण सिंह/एलिश कार्की/किरण घिमिरेको संगीत छ । फिल्मको ७५ प्रतिशत छायांकन नेपालमा सकिएको छ । बाँकी २५ प्रतिशत फिल्म सुसन प्रजापतिले चाइनामा खिच्नेछन् ।
Most Visited News (monthly)