Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9397 - 9402 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-24, शनिवार
स्टार कास्टका कारण लामो समयदेखि चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्मध्ये एक ‘प्रेमगीत ३’ को शिर्ष गीत महँगो खर्चमा रेकर्ड गरिएको छ । ६ देखि ७ लाखमा शनिबार फिल्मको गीत रेडियो नेपालको भव्य सभा हलमा रेकर्ड गराइएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिए । ‘फूल हैन’ फेम्ड गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्न लागेका कलाकारहरुको पनि कोरस गायन छ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-08-24, शनिवार

लभर गर्लको भूमिकामा निकै रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठका प्रायः फिल्म व्यापारिक र समीक्षात्मक रुपमा सफल छन् । उनको जीवन्त अभिनयको सधैं चर्चा हुने गर्दछ । बौद्धिक तथा शारीरिक सुन्दरताका हिसाबले पनि अब्बल उनी हुलिया, बोल्ने शैली र हाउभाउबाट जुनसुकै भूमिकालाई जीवन्त बनाइदिन्छिन् । अभिनयमा विविधता पस्कन सिपालु उनी उस्तै भूमिकामा पनि फरकपन आभास गराउन सफल छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-24, शनिवार

कतिले डेब्यू फिल्मबाटै नसोचेको सफलता नाप्छन् । कसैलाई जति फिल्म गरे पनि सफलता पाउनै महाभारत पर्छ । अभिनेत्री मिरुना मगरलाई अहिले निरन्तर फिल्म असफल भएर तनाव छ । अभिनय र सुन्दरताको निकै चर्चा हुने भएता पनि उनका कुनै फिल्मले बक्सअफिसमा सफलता प्राप्त गर्न सकेका छैनन् । डेब्यू फिल्म ‘लालपूर्जा’ बाट सुरु भएको फ्लप श्रृंखला अझै बरकरार छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-24, शनिवार

सन् १९९४ मा बनेको फिल्म ‘अन्दाज अपना अपना’ को सिक्वेलमा आजको समयका सबैभन्दा ठूला सुपरस्टार सलमान खान र आमिर खानले काम गर्न लागेको चर्चा लामो समयदेखि चल्दै आएको छ । यो कमेडी फिल्मको सिक्वेलमा दुईलाई निर्माता र निर्देशकले कैयन् पटक कास्ट गर्न खाजेको थिए । तर, दुई निकै महँगा स्टार भएका कारण उनीहरुलाई कास्ट गर्नु कुनै पनि ब्यानरका लागि मुश्किल छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-23, शुक्रवार

अभिनयको पारंगत मानिने अभिनेता प्रमोद अग्रहरी जुनसुकै भूमिकामा जीवन्त अभिनय पस्कन सिपालु छन् । फिल्म ‘उमा’ बाट अभिनयमा होमिएका उनले दुई दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । पर्दामा प्रायः उनी नेगेटिभ रोल र मधेशी भूमिकामा देखिने गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कथा काठमाण्डू’ मा अभिनेत्री प्रियंका कार्कीसँग इन्टिमेट सिन दिएपछि उनी निकै चर्चामा आएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-23, शुक्रवार

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको शहरिया युवापुस्तामा राम्रो क्रेज छ । यसले भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को व्यापारमा बल पुर्‍याउने विश्वास गरिएको छ । यो फिल्ममा उनीहरु प्रमुख भूमिकामा छन् । फिल्मको इनिसियल बक्सअफिसमा दुईको क्रेजको ठूलो प्रभाव रहन सक्ने कतिपयको विश्लेषण छ । त्यसैले प्रचार-प्रसारमा पनि निर्माण टिमले दुईलाई नै केन्द्रमा राखेर हिँडाएको छ । 

Results : 9397 - 9402 of 24024
Most Visited News (monthly)