Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्ल्याक बोर्ड’ बनाउँदै ‘इकु’

फिल्मीखबर, काठमाडौं, 2019/10/25
 
हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट ‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले फिल्म ‘ब्ल्याक बोर्ड’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । यो फिल्मको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा निर्माण घोषणा गरियो । बाल मनोविज्ञानमा आधारित भएर बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् । 
 
नेपाली समाजमा अभिभावकले आफ्नो सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने समस्या र समाधानका उपायहरुको खोजी फिल्मले गर्ने निर्देशनमा होमिन लागेको सुलेमानले जानकारी दिए । सुलेमानसँगै फिल्ममा सरोज खनाल, निर्मल शर्मा, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कँडेलको अभिनय रहनेछ । 
 
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा किरण माइकल घिमिरे र सुदिप आत्रेयले लेखेका छन् । काठमाडौं, चितवन र नवलपरासीमा खिचिने फिल्मको हलमा प्रदर्शनभन्दा अगाडि शैक्षिक संस्था र विदेशमा च्यारिटी शो गरिने निर्माता अर्जुन सापकोटाले बताए । कथावस्तु राम्रो लागेर फिल्ममा लगानी गर्न लागेको उनको भनाई छ ।
 
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहने ‘ब्ल्याक बोर्ड’ मा सम्मान कँडेल, निरभिङण घिमिरे, सुरेश कँडेल र सरला पाण्डे निर्मातामा रहेका छन् । उनीहरुलाई लगानीमा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कँडेलले सघाउनेछन् । फिल्ममा किरण माइकल घिमिरेको संगीत रहनेछ । कार्यक्रममा निर्देशक सुलेमानले फिल्मलाई उत्कृष्ट बनाउने दाबी गरे । 
Most Visited News (monthly)