Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9391 - 9396 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-08-26, सोमवार

‘लिलिबिली’ निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले फेरि दुई म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ । आइतबारदेखि लागू हुनेगरी दुई दिन हिरासतमा राख्न अदालतले दोस्रो पटक म्याद दिएको हो । आइतबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि म्याद दिइएको हो । 

फिल्मीखबर, काठमाडौं, 2019-08-25, आईतवार

भाद्र १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हाँने मैले झटारो नजरले गोली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख अभिनेता पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । अञ्जु पन्त र कृष्ण काफ्लेको गीतमा स्वर छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-25, आईतवार

विवादकी पर्याय हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । कहिले फोटो विवाद त कहिले आफूले काम गरेको फिल्मको टिमसँग मनमुटाव । उनी अभिनयको कारणले कम अन्य कुराले बढी चर्चामा रहने गर्दछिन् । केही हप्ता अगाडि इन्डोनेसियाको बालीमा प्रेमीसँग खिचेको अन्तरंग तश्विरले उनी निकै आलोचित हुनुपर्‍यो । यसले उनको क्रेजमा ठूलो धक्का पुगेको कतिपयको विश्लेषण छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-25, आईतवार

गत वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि करीब ६ महिना कुनै फिल्म चलेनन् । हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आएका फिल्मले पोस्टरको समेत पैसा उठाउन नसक्दा फिल्म क्षेत्रै धरासायी हुने अवस्थामा पुगेको थियो । फिल्म निर्माण र प्रदर्शन गर्नै मेकर तर्सिन थालेका थिए । तर, नयाँ वर्षमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले सुस्ताएको फिल्मको बजार धेरै हदसम्म उठायो । 

एजेन्सी, मुम्बई, 2019-08-25, आईतवार
कन्नड सुपरस्टार किच्चा सुदीपसँग बलिउडका सुपरस्टार सलमान खानको एक तश्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सुदीपले ट्विटरमा एक तश्विर साझेदार गरेका छन्, जसमा उनी ‘सुल्तान’ सलमानसँग कुश्ती लड्दै देखिएका छन् । तश्विरमा उनले लेखेका छन्, ‘पहलवान एण्ड सुल्तान’ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-08-25, आईतवार

बलिउड अभिनेत्री सन्नी लियोनी अभिनीत पहिलो नेपाली फिल्म ‘पासवर्ड’ ट्रेलर सार्वजनिक भएको छ । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा प्रोडक्सन भ्यालु उच्च देखिन्छ ।

Results : 9391 - 9396 of 24024
Most Visited News (monthly)