Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सम्झना बिर्सना’ मुहूर्त, पूजा र आकाशको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2019/10/25
सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको पहिलो पटक सहकार्य भएको थियो । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरे पनि दुईको जोडीलाई दर्शकले निकै रुचाए । यसपछि नेपाली फिल्ममा दुईको माग निकै चुलिएको छ । अहिले फिल्म निर्माण गर्ने सोचमा रहेको मेकरको नजरमा पूजा र आकाश पहिलो रोजाई बन्न थालेका छन् । 
 
 
यो जोडीले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ हाल सम्पादन टेवुलमा छ भने तेस्रो फिल्म ‘पोइ पर्‍यो काले’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । पूजा र आकाशको जोडीलाई चौथो पटक पनि पर्दामा देख्न पाइने भएको छ । दुईको प्रमुख भूमिका रहने फिल्म ‘सम्झना बिर्सना’ को शुक्रबार रजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । 
 
दार्जीलिङ, सिक्किम र नेपालमा खिचिने फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मलाई शिव ढकालले खिच्नेछन् । प्रेमकथामा बन्ने यो फिल्मलाई लिएर पूजा र आकाश उत्साहित छन् । 
 
 
फिल्मको मुहूर्त समारोहमा अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ को कथावस्तु मन परेर काम गर्न राजी भएको बताइन् । चौथो पटक आकाशसँग काम गर्न पाउँदा खुसी महशुस भएको उनको भनाई छ । अभिनेता आकाश पनि बलियो कथाका कारण फिल्म गर्न लागेको बताए । उनी फिल्म राम्रो बन्नेमा विश्वस्त देखिएका छन् । आदित्य फिल्मस्को व्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । 
Most Visited News (monthly)