Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पत्याउनुहुन्छ ? ‘पोइ पर्‍यो काले’ को एक हप्ते कमाई

फिल्मीखबर, काठमाण्डौ, 2019/11/01
दिपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ ले एक हप्तामा सानदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरे । 
 
वितरकका अनुसार, फिल्मले एक हप्तामा देशभर गरि ३ करोड ५ लाख छापेको छ । तर, फिल्मको यो व्यापारिक आँकडालाई सत्य मान्न गाह्रो छ । बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्समा फिल्मले सुरुवाती दिनमा खासै राम्रो व्यापार गर्न सकेन । अझै पनि मल्टीप्लेक्समा ‘हाउसफुल ४’ कै दबदबा छ । त्यसमाथि दशैंको नेपाली फिल्म ‘छ माया छपक्कै’ मा दर्शकको भीड अझै कम भएको छैन । 
 
 
यो अवस्थामा ‘पोइ पर्‍यो काले’ ले एक हप्तामा ३ करोडमाथिको व्यापार गर्नु अप्रत्याशित हो । तर, प्रदर्शनको समयदेखि लगातार सार्वजनिक विदा भेटेका कारण फिल्मको व्यापारिक आँकडा नाजुक भने छैन । तर, एक हप्तामा फिल्मको ३ करोड बढीको व्यापार पत्याउन मुश्किल छ । अब, वितरकले नै दाबी गरेपछि नपत्याउने पनि कसरी ! लगानी गर्ने निर्मातालाई पो पत्यार लाग्यो कि लागेन कुन्नी ?
 
शिशिर राणा निर्देशित फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका छ । दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । रुप रंगले मान्छे राम्रो नराम्रो छुटिँदैन भन्ने सन्देश फिल्मले दिन खोजेको छ । 
 
शुक्रबारबाट यो फिल्मले दोस्रो सातामा प्रदर्शन थालेको छ । 
Most Visited News (monthly)