Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9373 - 9378 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-29, बिहिवार

अभिनेत्री सुरक्षा पन्त अभिनीत कुनै फिल्म अहिलेसम्म बक्सअफिसमा खरो रुपमा उत्रन सकेका छैनन् । तर, उनको अभिनयको भने सधैं चर्चा हुने गर्दछ । फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् । उनी आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहन्नन् । न त उनलाई हिरोको वरिपरि नाच्ने र रोमान्स गर्ने भूमिका नै गर्नु छ । 

फिल्मीखबर, काठमाडौं, 2019-08-29, बिहिवार

अशिन पौडेलको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । पारिवारिक कथानक यस फिल्मको बुधबार भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । तीन युवाको गीतसंगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा फिल्मले वाचन गर्नेछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-28, बुधवार

अभिनेता भुवन केसीले करीब ७ वर्षपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘नाँचौ छम्मा छम्मा’ बोलको लोक शैलीको गीतमा अभिनेता भुवन दुलहाको भेषमा अभिनेत्री रीमा विश्वकर्मासँग विवाह मण्डपमा देखिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-28, बुधवार
वर्षौदेखि मल्टीप्लेक्सहरुले नेपाली फिल्मलाई विभेद गर्दै आइरहेको छ । विदेशी फिल्म प्रदर्शन गर्न तँछाडमछाड गर्ने मल्टीप्लेक्स सञ्चालकहरु नेपाली फिल्मलाई भने सौतेनी व्यबहार गर्ने गरेका छन् । नेपाली फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा गर्ने प्रवृति यसपटक पनि देखिएको छ । शुक्रबारबाट नेपाली फिल्म ‘मारुनी’ र साउथ इन्डियन फिल्म ‘साहो’ रिलिज हुँदैछ । दुबै फिल्मको नेपालका अधिकांश मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ खुल्ला गरिएको छ । 
एजेन्सी, मुम्बई, 2019-08-28, बुधवार

बलिउडका दुई सुपरस्टार सलमान खान र अक्षय कुमारको बक्सअफिस भिडन्त अब लगभग निश्चितझैँ देखिएको छ । अर्को वर्षको इदमा दुई अभिनेताको फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ । सलमान खानको ‘किक २’ र अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ ईदमा रिलिज हुने फाइनल भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-28, बुधवार

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्म कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदेछ । विनोद विष्ट फिल्मका निर्देशक तथा निर्माता हुन् । 

Results : 9373 - 9378 of 24024
Most Visited News (monthly)