
अहिलेकी चल्तीकी अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । फिल्ममा उनको उपस्थिति मात्र पनि हलसम्म दर्शक तान्न काफी हुने सोचाइ मेकरमा व्याप्त छ । त्यसैले त उनलाई फिल्ममा खेलाउन निर्माताबीच तानातान हुने गरेको छ । नेपाली फिल्मकी महँगी अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउने उनको भाद्र १३ गते ‘मारुनी’ र असोज १० गते ‘रातो टिका निधारमा’ प्रदर्शनमा आउँदैछ ।

शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’ हेरेपछि सेलिब्रेटीहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । आशुतोष राज श्रेष्ठ निर्देशित यस फिल्मको मंगलबार साँझ राजधानीको कुमारी हलमा ‘सेलिब्रेटी शो’ आयोजना गरिएको थियो । फिल्म हेर्न पुगेका सबैले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको मुक्तकण्ठले प्रशंसा गरे ।

कात्तिक ८ गतेबाट मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आउँदैछ । पहिलो पटक सौगात मल्ल, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र आकाश श्रेष्ठले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा निकै प्रतिक्षा छ । यस फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ । शिशिर राणा निर्देशित फिल्मको हालै शिर्ष गीत खिचिएको छ, बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा ।

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि अभिनेत्री वर्षा राउतले नयाँ फिल्म साइन गरेकी छैनन् । यो फिल्मले डुब्न लागेको करिअर उकासेपछि उनी फिल्म छनोटमा निकै गम्भीर भएकी छन् । उनी अब फिल्म अफर आएको भरमा गरिहाल्ने पक्षमा छैनन् । टिम र स्क्रिप्टले आकर्षित गरे मात्र फिल्म गर्ने उनको अडान छ । अहिले उनलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ ।

बलिउड अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफको एक्सन प्याक्ड फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक भएको छ । दुबै अभिनेता आ-आफ्नो एक्सन र स्टन्टका कारण परिचित छन् तर पहिलो पटक उनीहरु फिल्म ‘वार’ मा देखिँदैछिन् । फिल्मको ट्रेलरले एक्सन र जबरजस्त सस्पेन्स पनि ल्याएको छ । फिल्म २ अक्टोबरमा रिलिज हुँदैछ । दर्शकमा यो फिल्मको व्यग्र प्रतिक्षा छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड जितेकी अभिनेत्री स्वस्तिमा खड्कालाई गएको साउन ३० गते प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ ले ठूलो धक्का दियो । यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर सावित भएको छ । स्वस्तिमाको अभिनय खस्किएको भन्दै टिका-टिप्पणी पनि भयो ।

