Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9385 - 9390 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-08-27, मंगलवार

गत वर्षको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ का निर्देशक दीवाकर भट्टराई मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले यसअघि ‘स्टुपिड मन’ र ‘एश्वर्य’ पनि निर्देशन गरेका थिए । अब उनी फिल्म निर्माणमा पनि होमिएका छन् । उनको निर्माण र निर्देशनमा फिल्म ‘तिमिसँगै हुने मन छ’ बन्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-27, मंगलवार
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मको प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन । फिल्मको रिलिज टार्गेट दशैं भए पनि अहिलेसम्म निर्माण टिमले आधिकारिक रुपमा मिति तोक्न सकेको छैन । भाद्र २७ र असोज १७ गतेमध्ये यो फिल्म कुनै एक मितिमा आउन सक्ने सम्भावना प्रवल छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । 
फिल्मीखबर, काठमाडौं, 2019-08-26, सोमवार
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् । 
फिल्मीखबर, काठमाडौं, 2019-08-26, सोमवार

निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्शाअल्लाह’ केही दिनयता निकै चर्चामा छ । बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री आलिया भट्ट चाँडै यो फिल्मको छायांकनमा व्यस्त हुँदैछन् । प्राप्त जानकारी अनुसार, फिल्मको एक गीत मुम्बईको स्टूडियोमा छायांकन भइसकेको छ । अब खबर यो छ कि फिल्मको थिएटर राइट्स पेन इन्टरटेन्मेन्टले निकै महँगो मुल्यमा किनेको छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2019-08-26, सोमवार

अभिनेत्री रेखा थापा प्रत्येक वर्ष एउटा फिल्म निर्माण गर्ने गर्दछिन् । गत वर्ष उनले आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘मालिका’ बनाएकी थिइन् । तर, फिल्म बक्सअफिसमा असफल ठहरियो । यो फिल्मको असफलतापछि केही हच्किएकी उनले यस वर्ष नयाँ फिल्म बनाउँदैछिन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको निर्माण रेखाले गर्ने भए पनि निर्देशन उनको रहने छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-26, सोमवार

पूर्व पोर्नस्टार सन्नी लियोनीले फिल्म ‘जिस्म २’ बाट बलिउडमा कदम राखेकी थिइन् । यो फिल्ममा उनले दिएको बोल्ड सिनको अझै पनि बलिउडमा चर्चा हुने गर्छ । अभिनयले भन्दा अंग प्रदर्शन गरेर आफूलाई बलिउडमा स्थापित गर्न लागिपरेकी उनी नेपाली फिल्मको पनि हिस्सा बनेकी छन् । घुमघामका लागि बाक्लै नेपाल आउने गरेकी उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी छन् ।

Results : 9385 - 9390 of 24024
Most Visited News (monthly)