Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9307 - 9312 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-09-13, शुक्रवार

आरएल मोक्तान निर्देशित फिल्म ‘सम्हाली राख है’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको प्रस्ट्याउँछ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्मलाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा श्यामकृष्ण महर्जन छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-13, शुक्रवार

निकै महँगो बजेटमा निर्माण भएको नेपाली फिल्म ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएकोे छ । सम्राट बस्नेतले निर्देशनमा डेब्यू गरेको यो फिल्म पशुपति परिसरबाट चोरेर लण्डन पुर्‍याइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता गर्न पात्रहरुले गर्ने संघर्षमा आधारित छ । फिल्मको अधिकांश छायांकन लण्डनमा भएको हो । अमित बस्नेत र हिराल जोशीले फिल्मको निर्माण गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-13, शुक्रवार

अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने नयाँ फिल्म ‘एन्टी हिरो’ मा ‘लिलिबिली’ गर्ल जसिता गुरुङले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग जोडी बाँध्नेछिन् । लामो समयदेखि दुईलाई स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा थियो । अब त्यो पूरा हुने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-13, शुक्रवार
बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताएकी छिन् । आफूले पहिलो पटक काम गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी उनले आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताइन् । बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ करीब साढे ८ बजे फिल्मको प्रिमियरमा सहभागी हुन काठमाडौंको कुमारी हलमा पुगेकी थिइन् । 
फिल्मीखबर, काठमाडौं, 2019-09-12, बिहिवार

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । बिहीबार दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् । उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-12, बिहिवार

मंसिर १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को पहिलो रोमान्टिक गीत ‘सुनैना सुनैना’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतले फिल्मका अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीको प्रेमभाव बोल्छ । गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । 

Results : 9307 - 9312 of 24024
Most Visited News (monthly)