अभिनेता कोशिश क्षेत्री स्टारर फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रेमकथामा आधारित भएर निर्माण भएको टेक पौरखी राई निर्देशित फिल्मको एक हप्ता अगाडि ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत अहिले चर्चामा छ । लेखु सहयात्री र विन्दु परियारको स्वरमा रहेको गीतलाई दर्शकले निकै रुचाएका छन् ।

अहिलेसम्म गीतमाथि झण्डै ७ लाखको नजर परिसकेको छ । १२ हजार लाइक्स मिलेको गीत हेरेर साढे ३ सय बढीले आफ्नो प्रतिक्रिया जनाएका छन् । कमेन्टमा अधिकांशले गीतको तारिफमा शब्द खर्चिएका छन् । कोशिश क्षेत्रीको संगीत र लेखु सहयात्रीको शब्द रहेको गीतमा ठुम्का लगाएका अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीको जोडीलाई पनि निकै रुचाइएको छ ।
गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा निर्देशक राईले खुसी व्यक्त गरे । गीतका कारण दर्शकमा फिल्मप्रति कौतुहलता बढेको उनको ठम्याइ छ । फिल्ममा कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, विशाल पहारी, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् ।
सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्म ‘माया पिरिम’ को सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी फिल्मका निर्माता हुन् । यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ । निर्देशक राईले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरेका छन् ।
गीत हेर्नुहोस् :-

