
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । भोली (शुक्रबार) फिल्मको शिर्ष गीत सार्वजनिक गर्ने तयारीमा छन्, निर्देशक शर्मा । यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार उकास्ने अपेक्षा गरिएको छ ।

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै नेपाली फिल्मले नाफाको व्यापार गर्न सकेका छैनन् । न त दर्शक नै रिझाउन सफल भएका छन् । हरेक हप्तामा हलमा नयाँ फिल्म टुटेका छैनन् तर थला परेको नेपाली फिल्मको व्यापार जस्ताको त्यस्तै छ । उकासिने छाँटकाँट देखिएको छैन । आश गरिएका फिल्मले समेत निराशाजनक व्यापार गर्दा फिल्मकर्मीहरु चिन्तित देखिन थालेका छन् ।

करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट’ ले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । इन्टिमेट सिन समेटिएका कारण यो फिल्मको चर्को आलोचना भए पनि वर्षौदेखि एक्सन र रोनाधोन फिल्मबाट आजित भएका दर्शकलाई यसले नयाँ स्वाद पस्कने प्रयत्न गरेको थियो । फिल्ममा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै चर्चा हुन्छ ।

निर्देशक दिनेश राउत दर्शकको नाडी छामेर मनछुने लभस्टोरी फिल्म पस्कन सिपालु मानिन्छन् । ‘मेरो एउटा साथी छ’ मा निर्देशक सुदर्शन थापालाई निर्देशनमा सघाएका उनले अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारी स्टारर फिल्म ‘आई एम सरी’ बाट निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता यादगार फिल्म पस्किए । फिल्म ‘पर्व’ ले भने दर्शकलाई निराश बनायो । किनकि, यो उनको जनराको फिल्म थिएन ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आउँदो असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ गर्ने भएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै इनासले यस विषयको जानकारी गराएको हो । उक्त अवार्ड काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ केही वर्षयता लिभिङ टूगेदरमा छन् । एक अर्काको मायामा हराउन थालेपछि दुईले फिल्ममा पनि छुटिएर काम गर्न सकेका छैनन् । आफू जुन फिल्ममा हुन्छन् त्यसमा कुनै हालतमा श्रृष्टिलाई प्रवेश गराएरै छाड्छन्, सौगात । प्रेमिका नभए उनी अनुबन्ध भएको फिल्म छाड्न पनि पछाडि हट्दैनन् । ‘चपली हाइट ३’ यसको उदाहरण हो ।

