Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ यू हमेशा’ गीतमा छल्कियो यशराज र ऋचाको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2019/11/20
 
रोमान्टिक-लभस्टोरी जनरामा निर्माण भएको भाष्कर प्रधान निर्देशित फिल्म ‘लभ यू हमेशा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘यो हावा किन चल्छ ?’ बोलको गीतमा मेलिना राई र सुधिर राईको स्वर छ । भने, भासुले शब्द सिर्जेका छन् । गीतमा संगीत पनि उनकै छ । 
 
गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा प्रेमिल मुद्रामा देखिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो शिव ढकालले खिचेका हुन् । फिलिपिन्सका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक प्रधान बताउँछ । 
 
मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘लभ यू हमेशा’ मा यशराज र ऋचाका अलावा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुतिमा फिल्म बनेको हो । मिलन गुरुङ फिल्मका सह-निर्माता हुन् । 
 
भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको फिल्मको कथा निर्देशक भास्करकै हो । एनवि महर्जनको द्वन्द्व रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा अभिनेता यशराजले फिल्मको कथावस्तु निकै राम्रो रहेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे । अभिनेत्री ऋचाले पनि फिल्म राम्रो बनेको बताइन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)