
‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ लामो समयदेखि चर्चामा छ । फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ 'साइको सैयाँ' रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि मेकर्सले निर्धक्क पैसा खर्च गरेका छन् ।

कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै भर्सटायल अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमार्फत् फिल्मका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ ।

नेपालीमाझ एउटा उखान निकै प्रचलित छ- ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो ।’ तर, नेपाली फिल्मका बाघ निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको झगडा भने निभ्ने छाँटकाँट नै देखिएको छैन । झन् दन्किदै गएको छ । २०७३ असार २९ गते सुटुक्क विवाह गरेका दुईले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । गत वर्ष निर्माता ओझाले एक अन्तर्वार्तामा आफूले शिल्पासँँग विवाह गरेको खुलाएका थिए । भने, फेसबुकमार्फत् शिल्पासँँगको फोटो राखेर प्रेम अभिव्यक्त गरेका थिए ।

प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘कस्तो माया...?’ बोलको गीतमा निकिता थापाको एकल गायन छ भने सुयोग सोताङ्गले शब्द तथा संगीत सृजेका छन् । फिल्ममा गायिकाको भूमिका निभाएकी अभिनेत्री शिल्पा मास्के सार्वजनिक गीतको भिडियोमा फिचर्ड छिन् । फिल्मका अभिनेता आयुष्मान देशराज जोशीसँग विताएका पल सम्झिएर भावुक हुँदै उनी स्टेजमा आफ्नो प्रस्तुती दिँदै देखिएकी छन् ।

शुक्रबार शीतल निवास (राष्ट्रपति भवन) को एउटा साँघुरो कोठाभित्र राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको हातबाट 'होलसेल' मा प्रदान गरिएको वर्ष ०७३, ०७४ र ०७५ को 'राष्ट्रिय चलचित्र पुरस्कार' नतिजा र व्यवस्थापन दुबै कारणले विवादित र आलोचित बनेको छ । नीजि कम्पनीहरुले राजधानीमा गर्ने बाँडिचुँडी अवार्डभन्दा पृथक नदेखिएको देशको सर्वोच्च अवार्ड निष्पक्ष नभएको कतिपयको ठहर छ । भने, चलचित्र विकास बोर्डको कमजोर व्यवस्थापनका कारण कलाकारहरुले अपमान महसुस गरेका छन् ।

अभिनेता खगेन्द्र लामिछानेलाई बलिउड अभिनेता आमिर खानसँग दाँज्ने गरिन्छ । स्वभाव लगभग मिल्दोजुल्दो भएका कारण पनि खगेन्द्रलाई आमिरसँग दाँजिएको हो । दुबै मौलिक फिल्ममा अभिनय गर्न रुचाउँछन् । थोरै गर्छन् तर सम्झनलायक गर्छन् । आमिर र खगेन्द्र दुबै आफूले अभिनय गरेका फिल्मको कार्यक्रमभन्दा बाहेक अरु सार्वजनिक कार्यक्रममा भेटिँदैनन् । अनि, अर्को मिल्ने कुरा भनेको दुबैले फिल्म अवार्ड बहिष्कार गरेका छन् ।

