Most Recent News Headlines
Results : 9133 - 9138 of 24024

फिल्मीखबर, काठमाडौं, 2019-10-28, सोमवार
एक समयकी नेपाली फिल्मकी ‘नम्वर वान’ अभिनेत्री रेखा थापाको स्टारडम अहिले भुत्ते भएको छ । कुनै समय उनको अनुहार पोस्टरमा राखेको भरमा फिल्म हेर्न हलमा दर्शकको थामिनसक्नु भीड लाग्थ्यो । तर, अहिले उनको अनुहार विक्न छाडेको छ । ‘तथास्तु’, ‘जाउँ हिँड पोखरा’, ‘मालिका’, ‘रुद्रप्रिया’, ‘डायरी’, ‘पलाँस’ बक्सअफिसमा असफल हुनु यसको प्रमाण हो ।

फिल्मीखबर, , 2019-10-28, सोमवार
साउथ सुपरस्टार चिरञ्जीवी ६२ वर्षको उमेरमा पनि अभिनयमा उतिक्कै सक्रिय छन् । उनले साउथ इन्डियन फिल्मसँगै बलिउडमा समेत आफ्नो पाइला राखिसकेका छन् । उनको फिल्ममा दमदार एक्सन रहन्छ भने रोमान्सको पनि फरक अन्दाज देख्न सकिन्छ । रजनीकान्तपछि चिरन्जीवी मात्र यस्ता अभिनेता हुन्, जसलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-10-27, आईतवार
चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ । २ दशक अगाडि तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको तिहार गीत भने कहिल्यै पुरानो भएन । आज पनि यो गीत उतिक्कै लोकप्रिय छ । जब यो गीत बज्न थाल्छ तब तिहारले घर आँगन टेकेको आभास हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-10-26, शनिवार
युवापुस्तामाझ सर्वाधिक खोजिने अहिलेका ‘हटकेक’ अभिनेता अनमोल केसीसँग स्क्रिन साझेदारी गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भनिन्छ । उनीसँग काम गरेका केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । अभिनेत्री त्रय साम्राज्ञी आरएल शाह, सुहाना थापा र उपासना सिंह ठकुरी यसका उदाहरण हुन् । तर, सबैको भाग्य कहाँ उनीहरुको जस्तै लेखिएको हुन्छ र !

फिल्मीखबर, काठमाण्डौ, 2019-10-26, शनिवार
आउँदो मंसिर ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । काग तिहारको अवसरमा निर्माण टिमले कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । हङकङ रिर्टन्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

एजेन्सी, मुम्बई, 2019-10-26, शनिवार
यशराज फिल्म्सको चर्चित सिरिज ‘धुम ४’ मा बलिउड अभिनेता अक्षय कुमार देखिन लागेको खबर केही दिनयता निकै चर्चामा छ । चर्चित पत्रिका मिड-डेले फिल्ममा उनले भिलेनको भूमिका निर्वाहा गर्न लागेको खबर छापेको थियो । तर, यो सत्य नभएको निर्माण कम्पनी यशराज फिल्म्सले बताएको छ । फिल्ममा अक्षय हुने कुरा निराधार र गलत रहेको कम्पनीको भनाई छ ।
Most Visited News (monthly)

