Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9127 - 9132 of 24024
फिल्मीखबर, अमेरिका, 2019-11-01, शुक्रवार

अमेरिकामा रहेका नेपाली फिल्म प्रेमीहरूका लागि खुसीको खबर छ। तेस्रो सातामा आउँदासम्म पनि दर्शकहरूको साथ पाईरहेको बर्षको हिट फिल्म 'छ माया छपक्कै' नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर प्रदर्शन हुने भएको छ।

एजेन्सी, मुम्बई, 2019-10-31, बिहिवार

दिपावलीको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘हाउसफुल ४’ ले जबरजस्त व्यापार गरिरहँदा तमिल सुपरस्टार विजयको फिल्म ‘बिगिल’ ले पनि बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । ‘हाउसफुल ४’ ले प्रदर्शनको ५ दिनमा सय करोडको व्यापार गरेको थियो । विजयको फिल्मले भने ५ दिनमा विश्वभरबाट २ सय करोड छापेको रिपोर्ट प्राप्त छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-31, बिहिवार

आकर्षक शरीर र लोभलाग्दो हाइटका कारण अभिनेता सुशील श्रेष्ठलाई दर्शकमाझ आफूलाई परिचित गराउन समय लागेन । सफल फिल्म ‘होस्टेल’ को दोस्रो श्रृंखलाबाट अभिनयमा डेब्यू गरेका उनको अहिलेसम्म तीन फिल्मले दर्शकसँग साक्षात्कार गरिसकेका छन् । डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ बक्सअफिसमा सफल रह्यो । तर, दोस्रो फिल्म ‘सायद २’ र तेस्रो फिल्म ‘कारखाना’ लाई दर्शकले ‘रेड कार्ड’ देखाए । जसले उनको करिअरमा ठूलो धक्का पुग्यो । 

फिल्मीखबर, काठमाडौं, 2019-10-31, बिहिवार

अभिनेत्री सुमी मोक्तानको प्रमुख भूमिका रहेको फिल्म ‘सरौतो’ को प्रदर्शन मिति फेरि पोस्टपोन्ड भएको छ । यसअघि कात्तिक २२ र कात्तिक २९ गरि फिल्मको दुई पटक प्रदर्शन मिति हेरफेर भएको थियो । अब, यो फिल्म आउँदो मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि यसले प्रदर्शनका लागि कात्तिक २९ रोजेको थियो । 

एजेन्सी, काठमाण्डौ, 2019-10-30, बुधवार
बलिउडका दबंग खान सलमान खानको फिल्ममा जबरदस्त एक्सन हुने गर्दछ । उनको फिल्ममा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले फिल्ममा किसिङ सिन नदिने आफैंसँग कसम खाएका छन् । एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको बताएका छन् । 
फिल्मीखबर, काठमाडौं, 2019-10-28, सोमवार
नेपाली फिल्म क्षेत्रमा आ आफ्नो विधामा सफल मानिएका थुुप्रै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाको दाम्पत्य जीवन खासै सफल देखिएको छैन । 'रोमान्स किङ' को रुपमा चिनिने अभिनेता भुवन केसीको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिक्न सकेन । पहिलो श्रीमती विजयासँग छुट्टिएका भुवन दोस्रो श्रीमती सुस्मितासँग पनि छुट्टिए ।
Results : 9127 - 9132 of 24024
Most Visited News (monthly)