Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9121 - 9126 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-11-02, शनिवार

अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘माछा माछा’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यही कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मले घोषित मितिबाट हात झिक्नुको कारण हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ लाई मानिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-01, शुक्रवार

अभिनेता भुवन केसीको कमब्याक फिल्म ‘मिस्टर नेपाली’ नेपालअघि अमेरिकामा प्रिमियर हुने भएको छ । कात्तिक २९ गतेबाट नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको नोभेम्बर १० र १२ मा अमेरिकामा प्रिमियर हुने निर्माता प्रेमराज दाहालले जानकारी दिए । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा फिल्मको प्रिमियर हुन लागेको हो । 

एजेन्सी, मुम्बई, 2019-11-01, शुक्रवार

अभिनेता शाहरुख खानले पछिल्लो रिलिज फिल्म ‘जीरो’ पछि नयाँ फिल्म साइन गरेका छैनन् । यसकारण उनी अहिले फुर्सदिलो जीवन विताइरहेका छन् । र, उनलाई विभिन्न कार्यक्रमबाट निमन्त्रणाको ओहिरो आउने गरेको छ । हालै दिल्ली स्थित पीवीआर अनुपम पुगेका शाहरुखले अरु सबै कलाकार व्यस्त भएका कारण आफू आएको बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-01, शुक्रवार

नेपालमा महिला केन्द्रित फिल्म निकै कम बन्दछन् । बने पनि हलमा दर्शक तानेका फिल्मको संख्या अत्यन्त न्यून छ । यसकारण पनि मेकरहरु महिला केन्द्रित फिल्म बनाउने जोखिम उठाउन हत्तपत्त आँट गर्दैनन् । तर, वर्षमा भाट्ट-भुट्ट अभिनेत्रीलाई केन्द्रिय भूमिकामा प्रस्तुत गरेर फिल्म निर्माण हुने गरेका छन् । यस वर्ष फिल्म ‘जाइरा’ प्रदर्शन भएको थियो, जुन महिला केन्द्रित थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-01, शुक्रवार

दिपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ ले एक हप्तामा सानदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-01, शुक्रवार

नेपाली फिल्मलाई एकल रिलिजको मौका निकै कम मिल्छ । वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुने हुँदा प्रत्येक हप्ताको शुक्रबार दुईभन्दा बढी फिल्म प्रदर्शन हुँदै आएका छन् । ठूला स्टार र गिनेचुनेका ब्यानरका फिल्मले मात्र मुश्किलले एकल रिलिजको मौका पाउने गर्दछन् । अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर फिल्म ‘बादशाह जुट’ ले यही दुर्लभ संयोग पाएको छ ।

Results : 9121 - 9126 of 24024
Most Visited News (monthly)