Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘चपली गर्ल’ विनिताले दिइन् छोरीलाई जन्म

फिल्मीखबर, काठमाडौं, 2019/12/25
 
गएको दशैंमा आफू गर्भवति भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी अभिनेत्री विनिता बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् । 
 
उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । यस वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । 
 
गएको ७ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि नेपाली फिल्ममा उनको राम्रो डिमान्ड थियो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनी नेपाली फिल्ममा लामो रेसको घोडा बन्न सकिनन् । लगातार फिल्म फ्लप हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । 
 

तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि उनी अध्ययनका लागि भन्दै अमेरिका हानिइन् । त्यहाँ पुगेको केही महिनामै उनी तिलक पौडेलको प्रेममा परेकी थिइन् । उनका श्रीमान् तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए । बोल्ड अभिनेत्रीको छवि बनाएकी विनिता पछिल्लो पटक फिल्म ‘उमंग’ मा देखिएकी थिइन् । 
Most Visited News (monthly)