


हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट ‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले फिल्म ‘ब्ल्याक बोर्ड’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । यो फिल्मको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा निर्माण घोषणा गरियो । बाल मनोविज्ञानमा आधारित भएर बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् ।

शंकर कार्की निर्देशित फिल्म ‘जस्मिन’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता आर्यन अधिकारी फिचर्ड छन् । भने, अभिनेत्री अशिष्मा नकर्मीलाई पियानो बजाउँदै गरेको अवस्थामा चित्रण गरिएको छ । तर, उनको अनुहार देखाइएको छैन । फिल्म सांगीतिक प्रेमकथामा बनेको पोस्टरले प्रस्ट्याउँछ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको पहिलो पटक सहकार्य भएको थियो । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरे पनि दुईको जोडीलाई दर्शकले निकै रुचाए । यसपछि नेपाली फिल्ममा दुईको माग निकै चुलिएको छ । अहिले फिल्म निर्माण गर्ने सोचमा रहेको मेकरको नजरमा पूजा र आकाश पहिलो रोजाई बन्न थालेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आउने तय भएको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि अभिनेत्री सुमी मोक्तान स्टारर फिल्म ‘सरौतो’ एक साता पछाडि धकेलिएको छ । एकै मितिमा धेरै फिल्म रिलिज हुने भएपछि यो फिल्मले कात्तिक २९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । तर, यो मितिमा पनि फिल्मले सोलो रिलिज भने पाउने छैन ।

