Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ दिनमा ‘दबंग ३’ ले पार गर्‍यो सय करोड

एजेन्सी, मुम्बई, 2019/12/25
 
अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । कमजोर ओपनिङ गरेको फिल्मले पहिलो दिन बक्सअफिसमा २४ करोड ५० लाख, दोस्रो दिन २४ करोड ७५ लाख, तेस्रो दिन ३१ करोड ९० लाख र चौथो दिन १० करोड ७० लाख छापेको थियो । फिल्मले पाँचौ दिन १२ करोड कमाउँदै सय करोडमा नाम लेखाएको हो । 
 
फिल्मले पाँच दिनसम्म घरेलु बजारबाट १ सय ३ करोड ८५ लाखको व्यापार गर्न सफल भएको भारतीय अनलाइन कोइमोइले जनाएको छ । आइतबार फिल्मले कमाईमा ठूलो उछाल ल्याएको थियो । तर, सोमबार फिल्मको कमाई ठूलो गिरावट आयो । मंगलबार चौथो दिनको तुलनामा २ करोड बढी कमाएको फिल्मले बुधबार २० करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ । 
 
‘दबंग ३’ सँगै अभिनेता सलमान खानको लगातार १५ वटा फिल्मले सय करोड कमाउन सफल भएको छ । बलिउडका उनी नै पहिलो अभिनेता हुन्, जसको १५ वटा फिल्म सय करोड क्लबमा सामेल भएको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त फिल्मलाई समीक्षकले भने कमजोर भनेका छन् । यो फिल्मको लाइफटाइम कलेक्सन डेढ सय करोडको आसपास हुने देखिन्छ । 
 
चर्चित डान्स कोरियोेग्राफर प्रभु देवा निर्देशित यो फिल्मको कहानी सलमान खान (चुलबुल पान्डे), सुदीप किच्चा (बाली), सोनाक्षी सिन्हा (रज्जो-चुलबुल पान्डेकी पत्नी), सई मान्जरेकर (खुशी), डिम्पल कपाडिया (चुलबुलकी आमा), अरबाज खान मक्खी (चुलबुल पान्डेका भाई) भूमिकामा बेस्ड छ, जहाँ चुलबुल पान्डेको सुरुवाती जिन्दगीको कहानीलाई निकै रोचक ढंगबाट देखाइएको छ । 
Most Visited News (monthly)