

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । फिल्म शुक्रबार प्रदर्शन नहुने वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए । मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज बाँडेको भन्दै निर्माण टिमले शुक्रबार फिल्म रिलिज नगर्ने निर्णय लिएको हो ।

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक ग्रान्ड इभेन्टका बीच सार्वजनिक गरिएको ट्रेलर प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ । फिल्ममा सोनाक्षी सिन्हा, रज्जोको रुपमा फर्किएकी छन् । भने, यसपटक फिल्ममा सई मान्जरेकर पनि देखिनेछिन् । सईले सलमानको लभ इन्ट्रेस्टको रोल निभाएकी छन् ।

निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भएका छन् । यसअघि ‘अनुराग’ को क्याप्टेनसिप सम्हालेका उनले ‘अन्तरे’ नामक फिल्म बनाउने भएका हुन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । समसामयिक कथामा फिल्म बन्नेछ ।


नेपाली फिल्ममा केही यस्ता जोडी छन्, जो एकअर्काको सिफारिसको भरमा करिअरको रथ तानिरहेका छन् । विशेषगरि प्रेम सम्बन्धमा रहेका जोडीले आफूले गर्ने फिल्ममा एकअर्कालाई अभिनेता वा अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा पछिल्लो समय फिल्मवृतमा खुबै सुन्ने गरिन्छ । जोडीलाई नै फिल्ममा लिनु पर्ने बाध्यताले यतिबेला निर्माताले निकै हैरानी खेप्नु परेको छ ।

