
गएको वर्ष प्रदर्शनमा आएको निकै विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ पछि अभिनेत्री दीपिका पादुकोणले लामो समय कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीर सिंहसँग विवाहको लागि उनले डेट्स बचाएर राखेकी थिइन् । विवाहपछि उनले फिल्म ‘छपाक’ को घोषणा गरिन् । उनले यो फिल्मको छायांकन भ्याइसकेकी छन् ।

एक समय बलिउडमा एकछत्र राज गरेका अभिनेता गोविन्दा फेरि एकपटक नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले आफ्नो प्रेम सम्बन्धको किताब खोलेकी छन् । बलिउडमा प्रवेश गर्नका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी उनी अहिले भारतीय र्यापर अलिम मोरानीको प्रेममा रमाइरहेकी छन् । शनिबार उनले इन्स्टाग्राममार्फत् आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी हुन् ।

विगत एक दशकदेखि अभिनेत्री र निर्मात्रीको रुपमा नेपाली फिल्ममा सक्रिय ऋचा शर्मा यस वर्ष दुलही बन्ने भएकी छन् । लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी उनले आउँदो मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । तर, विवाहको मिति भने सार्वजनिक गरिएको छैन । उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।

बलिउडका सर्वाधिक सफल अभिनेता शाहरुख खान शनिबारबाट ५४ वर्षका भएका छन् । भारतमा मात्र नभएर विश्वभर छरिएर रहेका करोडौं प्रशंसकबीच ‘बादशाह’ को रुपमा परिचित उनको जन्म २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनले निकै ठूलो संघर्षपश्चात् बलिउडमा यो स्थान हासिल गरेका हुन् ।

यस वर्ष ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ गरि चार महिनाको अन्तरमा दुई ब्लकबस्टर फिल्म दिएपछि अभिनेता दयाहाङ राईको स्टारडम पुनः उत्कर्षमा पुगेको छ । एकपछि अर्को फ्लप फिल्मले थलिएका उनलाई यी दुई फिल्मको सफलताले ठूलो राहत दिएको छ । अहिले उनको फेरि नेपाली फिल्ममा माग चुलिएको छ । उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुन थालेको छ ।

