Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9109 - 9114 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-11-04, सोमवार

एक समय नेपाली फिल्ममा राम्रो क्रेज भएका अभिनेता हुन्, भुवन केसी । आफ्नो समयमा उनले एकसेएक हिट फिल्म दिएका छन् । तर, गएको करीब ६/७ वर्षदेखि उनले अभिनय गरेका कुनै फिल्म दर्शकले हेर्न पाएका छैनन् । पछिल्लो पटक उनले फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’ कपाल गीतमा ठुम्का लगाएका थिए । तर, फिल्ममा उनको अभिनय थिएन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-04, सोमवार

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गते (महाशिवरात्री) लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा सिताराम ढाका टोपीमा ठाटिएर देखिएका छन् । रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । 

एजेन्सी, मुम्बई, 2019-11-04, सोमवार
बलिउड सुपरस्टार शाहरुख खानलाई पछिल्लो केही समयदेखि सफलता हात परेको छैन । उनका एकपछि अर्को फिल्म बक्सअफिसमा डिजास्टर सावित भएका छन् । तर, उनी जानी-जानी कहिल्यै खराब फिल्म निर्माण नगरेको बताउँछन् । शनिबार आफ्नो ५४औं जन्मदिनमा शाहरुखले नयाँ फिल्म घोषणा गर्ने अड्कलबाजी खुबै भएको थियो । तर, उनले फिल्म घोषणा गरेनन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-04, सोमवार

करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेत आजभोली अरुको एक्सन कटमा अभिनय गर्न बढी व्यस्त छन् । ‘लुट २’ पछि उनले फिल्म निर्देशन गरेका छैनन् । थोरै बनाउने तर बजारको ट्रेन्डभन्दा भिन्न फिल्म बनाउने निर्णयमा अडिग रहेका उनी अर्को वर्ष निर्देशनमा फर्किने सम्भावना प्रवल छ । अहिले उनले निर्देशन गर्ने फिल्मको कथा लेखक बुद्धिसागरले लेखिरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-04, सोमवार

नेपालमा केही वर्षयता फिल्म फ्लोरमा निस्कनुभन्दा अगाडि नै प्रदर्शन मिति घोषणा गर्ने ट्रेन्ड चलेको छ । ठूला स्टार र गिनेचुनेका ब्यानरका फिल्म प्रदर्शन मिति घोषणा गरेर मात्र फ्लोरमा निस्कने गरेका छन् । निर्माण अगावै प्रदर्शन मिति घोषणा गर्दा एकल रिलिजको सम्भावना बलियो हुने हुँदा मेकरले यो जुक्ति अपनाउने गरेका हुन् । तर, अहिले नेपाली फिल्मका लागि सोलो रिलिज असम्भवझैँ भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-03, आईतवार

खलपात्रको भूमिकामा निकै रुचाएका कलाकार सुनिल थापाले तीन सयको आसपासमा नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले नेपालीसँगै बलिउड फिल्ममा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए । 

Results : 9109 - 9114 of 24024
Most Visited News (monthly)